तिलक कोइराला कल्पना रिमाल

कम्पनीहरु कतिसम्म गैर जिम्मेबार छन् भने सर्बोच्च नियमनकारी निकाय धितोपत्र बोर्डले दिएको निर्देशन समेत लत्याएर उनीहरु आफ्नो मनोमानी गरिरहेका छन् । सर्बसाधारणको हित र उनीहरुमा सूचनाको पहुँच पुरयाउने कुरा त निकै टाढाको कुरा हो ।

धितोपत्र दर्ता तथा निश्काशन नियमावली २०७३ ले हरेक सुचिकृत कम्पनीहरुलाई अनुसूची १४ को नियम २६ को उपनियम १ अनुसारको बित्तीय बिबरण प्रकाशन गर्नुपर्ने कुरा अनिबार्य गरेको छ । त्यो नियम पालनामा कम्पनीहरुले झारा टराई मात्रै हैन, सर्बसाधारण सेयरधनीप्रति चरम गैरजिम्मेवारी पनि देखाउने गरेका छन् ।

सोमबार कामना सेवा बिकास बैंकसहित केही बिकास बैंक र फाईनान्सहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको बित्तीय विवरण प्रकाशन गरे । अरु कम्पनीले केही कमजोरी गरेर बित्तीय विवरण प्रकाशन गरे पनि कामना सेवाको भने हदैसम्म लापरबाही र झारा छराई देखियो ।

धितोपत्र बोर्डको नियमावलीको अनूसूची १४ ले बित्तीय विवरण, तलनात्मक बिबरण, ब्यवस्थापकीय बिश्लेषण, कानुनी कारबाही सम्बन्धी बिबरण, सेयर कारोबार सम्बन्धी बिबरण, समस्या तथा चुनौति, संस्थागत सुशासन, प्रमुख कार्यकारीको स्वघोषणा समेत कम्पनीको त्रैमासिक बित्तीय विवरणमा उल्लेख हुनुपर्छ भनेर स्पष्ट परिभाषा गरेको छ ।

बित्तीय बिबरणमा प्रमुख अनुपातहरु प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, प्रतिसेयर नेटवर्थ, प्रतिसेयर सम्पतिको मूल्य र तरलता अनुपात लगायका कुराहरुको तीन त्रैमासको तुलनात्मक बिबरण समेत समाबेश गर्न नियमावलीको अनुसूचीले स्पष्ट रुपमा भनेको छ । तर कामना सेवाको बित्तीय विवरणमा ती सबै कुराहरु गायव देखिए ।

कामना सेवा बिकास बैंकको पोखरास्थित कार्यालयमा टेलिफोन सम्पर्क गरी बुझ्दा प्रमुख कार्यकारी र कम्पनी सचिव कार्यालयमा भेटिएनन् भने सम्पर्कमा आएका मानव संशाधन बिभाग प्रमुख ढण्डपानी भट्टराईले आफुलाई धेरै कुरा थाहा नभएको बताए । अर्का एक कर्मचारीका अनुसार ब्यवस्थापकीय बिश्लेषणसहितका मुख्य सुचकांकहरु अर्को दिन अरु नै पत्रिकामा छाप्ने गरी सोमबार आधा बित्तीय विवरण राजधानीको कारोबारमा प्रकाशित गरिएको जानकारी दिए ।

अरु कम्पनीहरुले पनि कतिपय कमजोरी गरेर बिबरण प्रकाशित गरेका छन् ।

धितोपत्र बोर्डले २०७३ साल माघ ९ गते सबै सुचिकृत संस्थाहरुलाई सर्कुलर गरेर धितोपत्र दर्ता तथा निश्काशन नियमावली २०७३ को अनुसूची १४ को नियम २६ को उपनियम १ अनुसारको बित्तीय बिबरण प्रकाशन गरी बोर्डमा पेश गर्न भनेको थियो । साना र संस्थागत सुशासन कमजोर रहेका संस्थाले मात्रै हैन, कतिपय बाणिज्य बैंकहरुले नै धितोपत्र बोर्डको यो बाध्यकारी ब्यवस्था र निर्देशनको खिल्ली उडाउँदै आएका छन् ।

कम्पनीहरुले एक दिन एउटा पत्रिकाको कुनामा बित्तीय बिबरण प्रकाशन गर्ने र ब्यवस्थापकीय बिश्लेषण, मुख्य बित्तीय सूचक र प्रमुख कार्यकारीको घोषणा अर्को दिन अर्कै पत्रिकाको कुनै कुनामा प्रकाशन गर्ने गर्दै आएका छन् ।

सर्बसाधारण सेयरधनीहरुले बित्तीय विवरण सकेसम्म थाहै नपाउँन वा थाहा पाए पनि तुलनात्मक अध्ययन, बिश्लेषण गर्ने नसकुन भन्ने नियत कम्पनीका ब्यवस्थापकहरुमा देखिन्छ ।

एउटा दुर दराजमा बस्ने लगानीकर्ता जससँग राजधानीबाट निस्कने पत्रिका पढ्ने पहुँच छैन, उसले कसरी त्यो कम्पनीको बित्तीय विवरण अध्ययन गर्ने अबसर पाउला भन्ने प्रश्न त ठूलो कुरा भयो, यहाँ त राजधानीमै बस्ने र बिहान झिसमिसेमै पत्रिका हात पार्नेहरु पनि कम्पनीहरुको ताल देखेर रनभुल्लमा छन् ।

कतिपय कम्पनीहरुको वेभसाईट समेत छैन र भएकाले पनि आफ्नो वेभसाईटमा बित्तीय बिबरण लगायतका महत्वपूर्ण सूचना राख्ने गरेका छैनन । ईन्टरनेट र अनलाईनको आधुनिक जमानामा नेपालका सुचिकृत कम्पनीहरुको बित्तीय विवरण एकै ठाउँमा पढ्न पाउनु त अझै टाढाको कुरा हो ।

नेपाल स्टक एक्सचेन्जको वेभसाईटमा यस्ता कम्पनीहरुले आफै सुचना अपलोड गर्नसक्ने भए पनि त्यस्तो कार्य गराँउदा नेप्सेका अधिकारीहरुलाई कुनै आर्थिक लाभ नहुने भएकाले हुनसक्छ, बाध्यकारी ब्यवस्था गर्न चासो देखाएका छैनन् ।

धितोपत्र बोर्डका प्रबक्ता निरज गिरीले नियमावलीको ब्यवस्था अनुसार त्रैमासिक बिबरण प्रकाशन भए, नभएको जाँच गर्न आफुले मातहतका कर्मचारीहरुलाई निर्देशन दिने र कारबाही प्रक्रिया अगाडि बढाउने सेयरलगानी डटकमलाई बताए ।

धितोपत्र दर्ता तथा निश्काशन नियमावली २०७३ को अनुसूची १४ को नियम २६ को उपनियम १ को ब्यवस्था

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here