सेञ्चुरी बैंक र वोमी माइक्रोफाइनान्सको लाभांश साथै अपि हाईड्रोको बोनस र हकप्रदमा दावी गर्न आज सम्म शेयरधनी कायम हुनु पर्नेछ ।

सेञ्चुरी कमर्सियल बैंक र वोमी माइक्रोफाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन ३० गतेदेखि बुकक्लोज गर्नेछन् भने अपि पावरले चैत १ गते बुकक्लोज गर्दैछ तसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्र यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

अपि पावर ले ५ प्रतिशत बोनस शेयरका साथै हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न चैत ७ गते कार्की ब्यांक्वेटमा १६ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

अपि पावर कम्पनीले १ः०.४७६१ को अनुपातमा ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ । जसका लागि फागुन ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी हुनुपर्नेछ । हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड ३ लाख रुपैयाँ पुग्नेछ।

सेञ्चुरीले २ प्रतिशत बोनस र सोमा लाग्ने कर सहित ४.७५ प्रतिशत नगद लाभांश सहित गरी कुल ६.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित चैत १४ गते साधारण सभा डाकेको छ। साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ बजे शुरु हुनेछ।

बोनस वितरण पश्चात बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ।

त्यसैगरी, वोमी माइक्रोफाइनान्सको  आठौँ वार्षिक साधारण सभाले २५ प्रतिशत बोनस र १.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सो सभा चैत १६ गते धुलिखेलस्थित जुगल होटलको सभाहलमा बिहान ११ बजे शुरु हुनेछ।

बोनस वितरण पश्चात संस्थाको चुक्ता पुँजी १२ करोड ६३ लाख रुपैयाँ पुग्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here