युनाइटेड इदी–मर्दी एण्ड आर वि हाइड्रोपावरले चैत १० गतेदेखि आयोजना प्रभावित स्थानीयवासीका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ।

कम्पनीले ४ लाख २० हजार कित्ता स्थानीयलाई र ६ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्नेछ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले कम्पनीको अवस्था औषतभन्दा कमजोर रहेको जनाउने केयर एनपी आईपीओ ग्रेड ४ को रेटिंग दिएको छ।

आईपिओमा छिटोमा चैत्र २४ र ढिलोमा २०७७ वैशाख ९ गतेसम्म आवेदन दिन सकिनेछ।

हाइड्रोपावरको आईपीओमा इच्छुक लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here