दोलखामा ११ मेगावाटको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको युनिभर्सल पावर र मकवानपुरको हेटौडामा मुख्य कारखाना संचालन गरी सिमेन्ट उत्पादन गरिरहेको शिवम् सिमेन्टको शेयर सुचिकरणपछि बिहिबारबाट दोस्रो बजारमा शेयर कारोबार खुल्ला भएको छ ।

नेपाल स्टक एक्सचेञ्जले युनिभर्सल पावरको पहिले शेयर कारोबारको लागि युपिसिएल कारोबार संकेत प्रदान गरेको छ भने १०१.११ रुपैयाँदेखि ३०३.३३ रुपैयाँ ओपनिङ रेञ्ज प्रदान गरेको छ ।

त्यस्तै शिवम् सिमेन्टको पहिलो शेयर कारोबारको लागि एसएचआईभिएम कारोबार संकेत प्रदान गरेको छ भने न्युनतम ६१ रुपैयाँ ६० पैसा देखि अधिकतम ४८४ रुपैयाँ ८० पैसासम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ ।

नेप्सेले प्रदान गरेको यहि रेञ्जलाई आधार मानेर बिहिबार दुबै कम्पनीको शेयर कारोबार खुल्ला भएको छ ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here