दोलखामा ११ मेगावाटको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको युनिभर्सल पावरले निष्काशन गरेको साधारण शेयर (आइपीओ) बुधबार बाँडफाँड भएको छ।

कम्पनीको आइपीओमा १३ सय कित्तासम्मको लागि आवेदन गर्ने सबै लगनीकर्ताले मागअनुसारकै शेयर हात पारेका छन भने १५ सय कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन गर्ने सबै लगानीकर्तालाई १३ सय ५० कित्ताका दरले शेयर बाँडफाँड गरीएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

कम्पनीले निष्काशन गरेको आइपीओमा कुल ९२ लाख ४५ हजार ७४० कित्ताका लागि आवेदन परेको थियो जसमध्य ४० आवेदनबाट परेको ३ हजार १६० कित्ता शेयरको आवेदन रद्ध भएको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको शेयर समेत थप गरी माघ २५ गतेदेखि फागुन ८ गतेसम्म ९३ लाख २७ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । सो मध्ये एक लाख ८६ हजार कित्ता कर्मचारीलाई, चार लाख ६६ हजार कित्ता म्युचुअल फण्डलाई र बाँकि ८६ लाख ७४ हजार कित्ता सर्बसाधारणको लागि छुट्याएको थियो ।

कम्पनीको चुक्ता पूँजी दुई अर्ब १० करोड रुपैयाँ रहेकोमा ४६ प्रतिशत अर्थात ९६ करोड रुपैयाँ सर्बसाधारणको हिस्सेदारी हुने छ ।

कम्पनीले आगामी ६ महिना भित्र बिद्युत उत्पादन गरी २०७७ सालमा हुने साधारणसभामा लाभांश वितरण गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

आयोजना बनाउन प्रतिमेगावाट १८ करोड ६० लाख रुपैयाँ र कुल लागत २ अर्ब ४ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here