दोलखामा ११ मेगावाटको तल्लो खारेखोला आयोजना निर्माणा गरिरहेको युनिभर्सल पावरले सर्बसाधारणमा ९३ लाख कित्ता प्राथमिक शेयर अर्थात आईपीओको माघ २५ गतेदेखि बिक्री शुरु गरेको छ ।

आईपीओमा आवेदन आब्हान सूचना

कम्पनीले दोलखाबासीलाई २१ लाख कित्ता शेयर बिक्री गर्न खोजेकोमा उनीहरुले नकिनेको समेत गरी ९३ लाख २७ हजार ४ सय १० कित्ता शेयर बिक्रीमा ल्याएको हो। सो मध्ये एक लाख ८६ हजार कित्ता कर्मचारीलाई र चार लाख ६६ हजार कित्ता म्युचुअल फण्डलाई बिक्री गरिने भएकाले सर्बसाधारणले ८६ लाख ७४ हजार कित्तामा मात्रै आबेदन गर्न पाउने छन् ।

युनिभर्सल पावरका प्रबन्ध निर्देशक भन्छन्ः

छ महिना भित्र विजुली बालेर २०७७ मा लाभांश वितरण गर्ने हाम्रो घोषित लक्ष्य हो

कम्पनीले सर्बसाधारणबाट संकलन गरिएको रकम आयोजना निर्माणमा खर्च भएको बैंकको कर्जा भुक्तानी गर्न उपयोग गर्ने जनाएको छ । आयोजनाको प्रति मेगावाट लागत साढे १८ करोड हुने आँकलन गरिएको छ । कम्पनीको आईपीओले ग्रेड चार रेटिड. पाएको छ, जसले अबस्था औसत कमजोर देखाउँछ ।

कम्पनीको विवरण पत्र यहाँ हेर्नुहोस्

कम्पनीको चुक्ता पूँजी दुई अर्ब १० करोड रुपैयाँ रहेकोमा ४६ प्रतिशत अर्थात ९६ करोड रुपैयाँ सर्बसाधारणको हिस्सेदारी हुने छ ।

कम्पनीले आगामी ६ महिना भित्र बिद्युत उत्पादन गरी २०७७ सालमा हुने साधारणसभामा लाभांश वितरण गर्ने आफ्नो घोषित लक्ष्य रहेको जनाएको छ ।

सर्बसाधारणले यसमा ५० कित्तादेखि ५० लाख कित्तासम्म आबेदन गर्न पाउँछन् । लगानीकर्ताले आश्वा सेवा प्राप्त बैंक शाखा र सी आश्वा सेवा र मेरो शेयरको सुविधा लिएकाले घरैमा बसी आबेदन गर्नसक्छन् ।

कम्पनीको सबै कुरा अध्ययन गरी शेयर बजारको अबस्था समेत विचार गरेर आफ्नै निर्णय र विवेकले लगानी गर्नु बुद्धिमानी हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here