सीईडीबी हाईड्रो फण्डको मुख्य लगानी रहेको युनिभर्सल पावर सर्बसाधारणका लागि सेयर निश्काशन गर्ने तयारीमा अघि बढेको छ ।

कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाबासी र सर्बसाधारणका लागि ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर (आइपिओ) बिक्री गर्ने मुख्य बिषयमा छलफल गर्न माघ ११ गते काठमाडौमा बिशेष साधारणसभा बोलाएको हो ।

दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको कम्पनीले १० प्रतिशत सेयर आयोजना प्रभावित दोलखा जिल्लावासीलाई बिक्री गरेपछि ३० प्रतिशत सर्वसाधारणलाई बिक्री गर्ने योजना अघि सारेको छ ।

बिशेष साधारणसभाबाट सो प्रस्ताब पारित भएपछि धितोपत्र बोर्डमा आबेदन दिने जनाईएको छ । साधारणसभाले अग्राधिकार सेयरलाई साधारणमा परिवर्तन गर्ने प्रस्ताब पनि लैजाने भएको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here