अघिल्लो दिन फागुन १० गते मंगलबार अर्थमन्त्रीको पदबाट राजीनामा गरेको युवराज खतिवडा भोलिपल्ट अर्थात फागुन २१ गते पुर्ननियूक्त भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई बुधबार विहान मिर्गौला प्रथ्यारोपणका लागि अप्रशेनि थियटर भित्र छिर्नु अघि अर्थमन्त्रीमा पुनः नियुक्त गर्नराष्ट्रपतिलाई सिफारिस गरेका हुन् ।

खतिवडाको शपथ बुधबारै हुनेछ । राष्ट्रियसभा सदस्यको दुई बर्षे म्याद सकिकै दिन राजीनामा गरेर उनले फेरि नियुक्त पाएका हुन् । अब राष्ट्रिय सभा सदस्य नभए पनि ६ महिनासम्म खतिवडाको अर्थमन्त्री पद पक्का भएको छ ।

राष्ट्रिय सभामा खतिवडालाई नै दोहोर्याउने चाहना प्रधानमन्त्री ओलीको भए पनि नेकपा सचिवालयले नेता बामदेव गौतमलाई मनोनयनको सिफारिस गर्न सरकारलाई निर्देश गरेपछि विवाद बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here