चिलिमेका सहायक कम्पनीहरु रसुवागढी र सान्जेन जलबिद्युत आयोजनाले १ करोड ५७ लाख कित्ता आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् ।

आइतबार रसुवागढी हाइड्रोपावरले १ सय रुपैयाँ अंकित १ करोड २ लाख ६३ हजार १५० कित्ता र सन्जेन जलबिद्युतले ५४ लाख ७५ हजार कित्ता आइपीओ बिक्रीको अनुमति पाएका हुन् । दुबै कम्पनीले जारी पुँजीको १५ प्रतिशत शेयर सर्बसाधारणमा बिक्री गर्न अनुमति पाएका हुन ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको रसुवागढीको आइपीओमा इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ । रसुवा जिल्लामा १११ मेगावट क्ष्मताको आयोजना निर्माण गरीरहेको उसले २०२० भित्र निर्माण सम्पन्न गरी उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ ।

रसुवागढी हाइड्रोपावरले  मंसिर २८ गते सर्वसाधारणमा शेयर निष्काशन गर्न माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।

त्यस्तै नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको सान्जेनको आइपीओलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ ।सान्जेन जलबिद्युतले पुस ४ गते बोर्डमा आइपीओ निश्कासनको माग गर्दै आवेदन दिएको थियो ।

सान्जेनले रसुवा जिल्लामा साढे ४२ मेगावाट क्षमता र १४ दशमलव ८ मेगावाट क्षमताको तल्लो र माथिल्लो साञ्जेन गरी दुई आयोजना निर्माण गरिरहेको छ ।

रसुवागढीको कूल १३ अर्ब ६८ करोड लागत अनुमान गरिएको छ भने साञ्जेनको कुल लागत ७ अर्ब बढि अनुमान गरीएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here