रसुवागढी हाइड्रोपावर कम्पनीले उसको जारी पूँजीको २४ प्रतिशत अर्थात १ करोड ६४ लाख २१ हजार ४० कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको छ।

चिलिमे हाइड्रोपावर कम्पनीको सहायक कम्पनीले रसुवा जिल्लामा १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ लागतको १११ मेघावाट क्षमताको जल बिद्युत आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीले पहिलो चरणमा संस्थापक सेयर धारण गर्ने कम्पनीका कर्मचारी, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र ऋण प्रदायक कम्पनीका कर्मचारीलाई आइपीओ बिक्री गर्न लागेको हो।  सर्बसाधारणका लागि सेयर बिक्री भने अलि पछि हुनेछ ।

यसले सिद्धार्थ क्यापिटल, एनआइबीएल क्यापिटल मार्केट, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटललाई बिक्री प्रबन्धकको जिम्मा दिएको छ।कम्पनीमा चिलिमे हाइड्रोपावर कम्पनीका ३३ प्रतिशत,  विद्युत प्रधिकरणको १८ प्रतिशत र कर्मचारी सञ्चय कोषको १९.५ प्रतिशत स्वामित्व रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here