राधी विद्युत कम्पनीले सोमबारदेखि सर्वसाधारण लगानीकर्ताका लागि साढे सात लाख कित्ता साधारण सेयरको बिक्री खुल्ला गरेको छ ।  कम्पनीले पुष ३ गतेदेखि पुस ६ गतेसम्म ७ लाख ६४ हजार कित्ता प्राथमिक सेयर (आईपीओ) को बिक्री खुल्ला गरेको हो ।

नबिल इन्भेष्टमेण्ट बैंकिगं लिमिटेड बिक्री प्रबन्धक रहेको राधीको आईपीओमा आफ्नो खाता रहेको बैंकको शाखामार्फत लगानीकर्ताले प्रति कित्ता एक सय रुपैयाँका दरले न्यूनतम ५० कित्ता देखि अधिकतम ३,८०० कित्तासम्म आबेदन गर्नसक्ने छन् ।

कम्पनीले आयोजना प्रभावित लमजुङबासीका लागि ४ लाख १० हजार कित्ता सेयर गत बैशाख ५ गतेदेखि जेठ ३ गतेसम्म निष्काशन गरेको थियो । तर उक्त सेयरमध्ये १ लाख ४९ हजार ५५० कित्ता सेयर बिक्री हुन नसकेपछि सो सेयर समेत सर्वसाधारणलाई थप गरी कम्पनीले ७ लाख ६४ हजार ५ सय ५० कित्ता सेयर सर्बसाधारणमा बिक्रीमा ल्याएको हो ।

सर्बसाधारणमा यो सेयर बिक्री भएपछि कम्पनीको चुक्तापूँजी ४१ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले लमजुङको घोर्मुस्थित राधी खोलामा ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजनाबाट २०७१ सालदेखि बिजुली उत्पादन गरी लाभांश वितरण गर्दै आएको छ ।

६० करोड रुपैयाँमा सम्पन्न भएको आयोजनामा प्रति मेगावाट लागत १३ करोड हाराहारीमा मात्र परेको छ ।
कम्पनीमा संस्थापक सीईडीबी हाईड्रोफण्डको मुख्य लगानी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here