लघुवित्तको सेयर भन्दैमा चार हात माथि उफ्रिएर महंगो मूल्यमा सेयर किन्नेहरुलाई एकपछि अर्को धक्का लाग्ने खबर आईरहेको बेला राम्रो भनिएको नेरुडे लघुवित्तले पनि आफुले खराब अबस्थाको सामना गर्नुपरेको बित्तीय विवरण सार्वजनिक गरेको छ ।

लघुवित्तको खराब कर्जा अनुपात ०.८३ प्रतिशतबाट १.५६ प्रतिशतमा उक्लिएर ९२.२४ प्रतिशतले बढ्न जाँदा त्यस वापतको रकम पनि दोब्बरले नोक्सानी कोषमा राख्नु परेको छ भने ब्याज आम्दानी भन्दा खर्च धेरै बढ्दा खुद ब्याज आम्दानी घट्न पुगेको छ । संचालन मुनाफा नै आधा घट्दा उसको खुद नाफा सात करोड ८५ लाख रुपैयाँबाट तीन करोड ७२ लाख रुपैयाँमा झरेको छ । उसले खुद नाफामा ५२.६१ प्रतिशतको ह्रास ब्यहोरेको छ ।

एक अर्ब ४० करोड निक्षेप संकलन गरी तीन अर्ब ७५ करोड कर्जा प्रबाह गरेको देखिँदा उसले कारोबार बिस्तारमा भने प्रगति गरेकै छ ।

३० करोड चुक्ता पूँजी र २६ करोड रुपैयाँ जगेडा कोषमा रहेको कम्पनीको प्रति सेयर आम्दानी १६ रुपैयाँ २५ पैसामा सिमित भएको छ ।

नेरुडेले लघुवित्तहरुको अस्वस्थ प्रतिस्पर्धाले दोहोरो कर्जा समस्यामा बृद्धि भएकोले थप चुनौतिको सामना गर्नु परेको स्वीकार गरेको छ । त्यस्तै बाणिज्य बैंकहरुबाट प्राप्त हुने कर्जाको ब्याज दर महंगो भएकाले समेत मार खानु परेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here