शेयर लगानीकर्ताका प्रतिनिधिहरुले शेयर बजारलाई राहत, सुधार र विस्तारका कामहरु गरेर मात्र शेयर बजार खोल्नुपर्ने भन्दै धितोपत्र बोेर्डलाई दबाब दिएका छन् ।

लगानीकर्ताको मनोबल बलियो बनाउँन र आस्वस्त पार्न तत्काल गर्न सकिने रणनीतिक कामहरु गरी कम्तिमा सात देखि १० दिन तयारी गर्ने समय दिएर मात्र शेयर बजार खोलिनु पर्ने माग आफुहरुले धितोपत्र बोर्डमा आईतबारको छलफलमा राखेको शेयर लगानीकर्ता दबाब समूहका नयन बास्तोलाले बताए ।

बास्तोलाले खासगरी ब्रोकर कमिशन कटौति, मार्जिन कर्जाको सीमा बृद्धि, अभुतपुर्व संकटको अवस्था भएकाले मार्जिन कल नगर्ने, बैंकले दिने थोक कर्जा भन्दा एकप्रतिशत भन्दा बढी ब्याजमा मार्जिन कर्जाको सीमा बृद्धि, अभुतपुर्व संकटको अवस्था भएकाले मार्जिन कल नगर्ने, बैंकले दिने थोक कर्जा भन्दा एकप्रतिशत भन्दा बढी ब्याजमा मार्जिन ट्रेडिड. सुविधा, मार्जिन ट्रेडिड. कर्जा लिदा ३० प्रतिशत रकम मात्र लगानीकर्ताले लगानी गर्ने, नागरिक स्टक डिलरलाई बजारमा तत्काल ल्याउने, असार मसान्तसम्मको ब्याज पूँजीकरण र कर्जा नविकरणको सुविधा, पाँच प्रतिशत लाभकरलाई अन्तिम घोषणा, अनलाईन कारोबार प्रणालीमा बैंक र हितग्राही खाता ईन्टिग्रेशन लगायत रहेको बताए ।

वास्तोलाले दबाब समूहले राखेका २५ बुँदे मागमा अरु सबै लगानीकर्ताहरुले पनि सहमति जनाएकाले त्यो सहित सबै मागहरु विचार गरी बजार खोल्नु अघिको कार्ययोजना सार्वजनिक गर्न धितोपत्र बोर्डलाई अनुरोध गरिएको जानकारी दिएका छन् ।

तत्काल गर्नुपर्ने कामहरु भएको अबस्थामा लगानीकर्ताले आबश्यक तयारी गर्न कम्तिमा ७ दिनदेखि १० दिनको समय चाहिन्छ, बास्तोलाले भने ।

धितोपत्र बोर्डले भने बजार खोल्नु अघि गर्नुपर्र्ने कामहरुको सूची बनाएर सम्बद्ध निकायहरुमा पहल गर्ने जनाएको थियो ।

यसअघि आईतबार नै अर्थ मन्त्रालय र धितोपत्र बोर्डमा नियमनकारी निकायका पदाधिकारीहरुको अलग अलग छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here