रिलायन्स फाइनान्सले गत गत आर्थिक बर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको १२ प्रतिशत बोनशपछिको शेयरमुल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेञ्जमा सोमबार कम्पनीको शेयरमूल्य समायोजन गरि प्रतिकित्ता १२५ रुपैयाँ ८९ रुपैयाँ कायम गरेको छ । कम्पनीको औसत आधारमूल्य भने १५० रुपैयाँ ९५ पैसा रहेको छ।

समायोजित शेयरमूल्यलाई आधार मानेर सोमबार फाइनान्सको शेयर कारोबार खुल्नेछ ।

फाइनान्सले दुई आर्थिक बर्षको लाभांश वितरण गर्न आइतबार बुकक्लोज गरेको थियो । कम्पनीले जेष्ठ २७ गते आब्हान गरेको आठौं र नवौं वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७३र०७४ को मुनाफाबाट १२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांशवितरण गर्ने र आव २०७४र०७५ को मुनाफाबाट २.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजादै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here