रिलायन्स फाइनान्सले गत फागुन १६ गते कम्पनीको १० औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

उक्त साधारण सभाले कम्पनीको सञ्चालक समितिलाई गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पुर्ण काम गर्न अख्तियारी दिएको छ । गाभ्ने/गाभिने प्रकृयामा डिडिए तयार गर्न, नियमनकारी निकायबाट आवश्यक स्विकृति लिन पनि सभाले सञ्चालक समितिलाई पुर्ण स्विकृति दिएको छ ।

यसका साथै उक्त साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट कर सहित ६.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सञ्चालक समितिले प्रस्ताव गरेअनुसार ५ करोड ४७ लाख ६४ हजार २१४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको हो।

साधारणसभा प्रयोजनको लागि फाइनान्सले माघ २८ गते बुकक्लोज बुकक्लोज गरेको थियो, तसर्थ माघ २७ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र फाइनान्सले वितरण गर्ने लाभांश पाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here