रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि ६३ करोड बराबरको ६३ लाख कित्ता प्राथमिक शेयर अर्थात आईपीओमा भदौ ४ गतेदेखि आवेदन खुला भएको छ।
सर्वसाधारण लगानीकर्ताले ५६ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ।
लगानीकर्ताहरुले सीआश्वा सेवा उपयोग गरी मेरो शेयर सफट्वेयर वा आफ्नो बैंक खाता रहेको बैंक शाखाबाट आबेदन गर्नसक्नेछन् । लगानीकताले न्यूनतम १० कित्ता वा १० ले भाग जाने अधिकतममा ६३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यसमा भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
रिलायन्सको आइपीओलाई इक्रा नेपालले बीबी प्लस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था औषत रहेको संकेत गर्दछ ।
इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।
हाल रिलायन्सको चुक्ता पुँजी १ अर्ब ७० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।