रैराङ हाइड्रोपावरले खुद नाफा बढाएर चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्बजानीक गरेको छ ।

गत बर्षको दोस्रो त्रैमासमा १० लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक बर्षको सोहि अवधिमा ७४ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ गत वर्षको भन्दा ५९८ दशमलव ७२ प्रतिशतले बढि हो ।

कम्पनीको बिजुलि बिक्रिबाट हुने आम्दानी भने घटेको छ । बिद्युत बिक्रिबाट हुने आम्दानी घटेपनि अन्य स्रोतबाट हुने आम्दानी बढ्दा उसको खुद नाफा पनि बढेको हो ।

गत बर्ष बिद्युत बिक्रिबाट १७ लाख १६ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आर्थिक बर्षमा बिजुली बिक्रीबाट १६ लाख ६७ हजार रुपैयाँ मात्रै कमाएको छ जुन २ दशमलव ८६ प्रतिशतले कम हो ।

हाइड्रोपावरको सञ्चालन नाफा १४ लाख ८४ हजार रुपैयाँबाट बढेर ७९ लाख ३३ हजार रुपैयाँ पुगेको छ ।

हाल ५६ कारोड रुपैयाँ शेयर पुँजी रहेको कम्पनीले जगेडा कोषमा ३८ लाख ९२ हजार रुपैयाँ राखेको छ । गत वर्ष कम्पनीको रिजर्भ कोष ७२ लाख ४ हजार रुपैयाँले ऋणात्मक थियो ।

रैराङ हाइड्रोपावरको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३१ पैसा, प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ७० पैसा र मुल्य आम्दानी अनुपात ७४ दशमलव ६० गुणा बढि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here