रैराङ हाइड्रोपावरको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफामा १६८.३३ प्रतिशतले बढेको छ ।

गत बर्षको दोस्रो त्रैमास सम्ममा ७४ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको यस हाइड्रोले एक करोड २५ लाख रुपैयाँले खुद नाफा बढाएर एक करोड ९९ लाख ४१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
इवाखोलाको व्यापारिक विद्युत उत्पादन सुुरु र रैराङ खोलाबाट समेत विद्युत बिक्री मार्फतको आम्दानी बढ्दा कम्पनीको नाफामा सुधार आएको हो ।
चालु आर्थिक बर्षको दोस्रो त्रैमास सम्ममा हाईड्रोको चुक्ता पूँजी ५६ करोड रुपैयाँ रहेको छ, भने जगेडा कोषमा २ करोड ८९ हजार रुपैयाँ सञ्चित छ।
हाइड्रोको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ५६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ५९ पैसा रहेको छ । र मूल्य आम्दानी अनुपात १५.४५ गुणा रहेको छ ।
इवाखोलाको विद्युत बिक्री आम्दानी ६ करोेड ३४ लाख रुपैयाँ रहेको छ भने रैराङ खोलाबाट उत्पादन भएको विद्युत बिक्री आय ४७ लाख ४७ हजार रुपैयाँ रहेको छ ।
दोस्रो त्रैमासको अन्त्य सम्ममा हाईड्रोले कूल ६ करोड ८१ लाख ८३ हजार रुपैयाँ विद्युत बिक्री मार्फत आम्दानी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here