सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरे पनि केही उद्योग ब्यवसायहरु सावधानीपुर्वक खोल्न सकिने भएको छ । ४२ प्रकारका उद्योग ब्यवसाय सावधानीपुर्वक खुलाउने सरकारको निर्णय छ ।

मन्त्रिपरिषद बैठकले सिञ्चाई, जलविद्युत, खानेपानी, विमानस्थल सडक र पुल, सडक र सरकारी भवन निर्माण सम्बन्धी काम गर्न पाइने निर्णय गरेको छ ।

गिट्टी वालुवालगायतका निर्माण सामग्रीको उत्पादन, संकलन र ढुवानी, सिमेन्ट उद्योगका लागि चाहिने चुन ढुंगा, क्लिङ्कर लगायतको उत्पादन र ढुवानी र नदी नियन्त्रणका कामहरु गर्न सकिने भएको छ । माल बस्तुको ढुवानीीलाई पनि खुकुलो पारिएको छ ।

विद्यालयका बिदार्थीहरुको पठन पाठनको वातावरण सहज पार्न जनक शिक्षा सामाग्री केन्द्रबाट पाठ्यपुस्तक बिक्रीको अनुमति लिएका पुस्तक पसललाई खोल्न दिईने भएको छ । तर विद्यालयहरु भने खुल्ने छैैनन् ।

काठमाडौ उपत्यका प्रवेश गर्ने मालबाहक सवारीले यात्रु बोक्न नपाउने गरी ढुवानीको ब्यवस्था मिलाईएको छ । हरेक मालबाहक गाडीमा भएका चालक र सहचालकको विवरण उपत्यका प्रवेश गर्दा र फर्किँदा चेकजाँच गरिने भएको छ । त्यस्ता सवारी साधनका चालक र सहचालकलाई खाना तथा खाजाको ब्यवस्था गर्न राजमार्गका निश्चित स्थानमा होटलहरु खुल्ने भएका छन् ।

त्यस्तै बैंक तथा वित्तिय संस्था, सहकारी लगायतले आवश्यक पर्ने कर्मचारीमध्ये बढीमा एक तिहाई कर्मचारी राखेर सेवा सञ्चालन गर्न सक्ने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here