प्रधानमन्त्री केपी ओलीले लकडाउनमा कसैलाई पनि हिँडेर गन्तव्यतर्फ जान नदिन र खानाको ब्ब्यवस्था गरेर जहाँकोे त्यही रोक्न निर्देशन दिनुभएको छ ।

मन्त्री र सुरक्षा अंगका प्रमुखहरुलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले सरकारको निर्णय नमान्ने जोकसैलाई कडा कारबाही गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले अति आवश्यक बाहेकका सबै आवातजावत बन्द गर्न निर्देशन दिदै खान नपाएर गाउँ हिंडेकाहरुको हकमा खाद्यान्नको व्यवस्था गर्न पनि आदेश दिनु भएको छ । उहाँले हिंडरै कसैलाई पनि गाउँ जान नदिन पनि निर्देशन दिनुभएको छ ।
प्रहरीले पैदल यात्रा गरी पश्चिम नेपाल जान खोज्नेहरुलाई नरोकेपछि भोकै हिडेकाहरु धादिड.मा अलपत्र परेका छन् ।

प्रधानमन्त्रीले बीच बाटामा अडकिएकाहरुलाई सम्बन्धित स्थानीय तह र साँसदहरुसँग समन्य गरी गन्तब्यसम्म पुर्याउन पनि भन्नुभएको छ ।

प्रधानमन्त्री ओलीको निर्देशन लगत्तै प्रहरीले शुक्रबार साँझबाटै काठमाडौंबाट बाहिरिने नाका थानकोटमा रोक्न थालिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here