लक्ष्मी बैंकले अजय विक्रम शाहलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ ।

बैंकको कार्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले शाहलाई आगामि ४ बर्षको लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

स्यान्डर्ड चार्टर्ड बैंकबाट बैकिङ क्षेत्रमा प्रबेश गरेका शाह लक्ष्मी बैंकका दोस्रो तहका अधिकारी हुन्। लक्ष्मी बैंकमा १५ बर्षदेखि कार्यरत शाहको दक्षतालाई मूल्यांकन गरी प्रमुख कार्यकारीमा नियुक्ति दिईएको हो । शाह लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्तका अध्यक्ष समेत हुन् । 

सुदेश खालिङको पदावधि समाप्त भएपछि लक्ष्मीको प्रमुृख कार्यकारी पद खाली थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here