लक्ष्मी बैंकको पौष ६ गते सम्पन्न १९ औं बार्षिक साधारण सभाले लाभाांश पारित गरेपश्चात नगद लाभांश शेयरधनीहरुको खातामा आएको छ ।

साधारण सभाले गत आ.व.मा कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले हुन आउने बराबरको रकम नगद लाभांश र १० प्रतिशतका दरले हुन आउने बापतको शेयर बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

उक्त १० प्रतिशत बोनस शेयरको हकमा भने प्रतिकित्ता १९८ रुपैयाँ १८ पैसाका दरले मूल्य समायोजन भएको छ ।

उक्त लाभांश बैंकको बुक क्लोज मिति अर्थात मंसिर २३ गतेको अघिल्लो दिन यानी मंसिर २२ गते सम्म कारोबार भई मंसिर २७ गते कार्यलय समय भित्र बैंकको शेयरधनी किताबमा कायम रहेका शेयरधनीले मात्र प्राप्त गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here