लक्ष्मी बैंकले निष्काशन गरेको ‘१०% लक्ष्मी बैंक डिबेन्चर, २०८६’ फागुन ६ गते मंगलबार नेप्सेमा सुचिकृत भएको छ ।

बैंकले सो डिबेन्चर असोज २३ गते देखि कात्तिक २२ गतेसम्म बिक्रि खुल्ला गरि निष्काशन गरेको डिबेन्चर बाँडफाँड भएको १ महिना पश्चात नेप्सेमा सुचिकृत भएको हो ।

२ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र मध्ये ८ लाख कित्ता सर्वसाधारणको लाथिग र १२ लाख कित्ता व्यक्तिगत तवरले विभिन्न संघ संस्थालाई गरि निष्काशन गरिएतापनि सर्वसाधारणले सबै कित्तामा आवेदन नदिए पश्चात बिक्रि नभएको ऋणपत्रलाई पनि प्राइभेट प्लेसमेन्ट मार्फत बिक्रि गरिएको थियो ।

१० बर्षे परिपक्व अवधि रहेको सो ऋणपत्रमा बार्षिक १० प्रतिशतका दरले अर्धबार्षिक रुपमा ब्याज भुक्तानी पाइनेछ ।

बैंकको ऋणपत्र निष्काशक तथा बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको थियो ।

कूल निष्काशित २० लाख कित्ता ऋणपत्रमध्ये सर्वसाधारणतर्फ २६५ जना आवेदकलाई माग गरेबमोजिम नै ७९ हजार ९९६ कित्ता र व्यक्तिगत तवरबाट २३ जना आवेदकलाई माग गरेबमोजिम नै १९ लाख २० हजार ४ कित्ता ऋणपत्र बाँडफाँड गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here