लक्ष्मी बैंकले मर्जर तथा एक्विजिसनको प्रस्ताव गरेर बैंकको अठारौं बार्षिक साधारणसभा आब्हान गरेको छ ।
बैंकले माघ २८ गते आब्हान गरेको साधारणसभामा अन्य उपयुक्त्त बैंक तथा वित्तिय संस्थासंग मर्जर तथा एक्वीजिसनमा जान सम्चालक समितिलाई सम्पूर्ण अख्तियार प्रदान गर्ने भएको हो ।
त्यस्तै साधारणसभामा बैंकले अन्य संस्थाहरुको शेयर तथा डिबेन्चर निष्कासनको अन्डरराइट गर्ने गरी आफ्नो प्रबन्धपत्रमा संशोधन गर्ने भएको छ ।
बैंकले आफै वा सहायक कम्पनी खोलेर जीवन तथा निर्जीवन बिमा, पुनर्बिमा, मेन्चर क्यापिटल, हेज फन्ड, क्रेडिट रेटिङ, शेयर दलाल र स्टक एक्सचेन्जको काम गर्ने निर्णयलाई निरन्तरता दिने प्रस्ताव साधारण सभामा लैजाने भएको छ ।
त्यस्तै बैंकले गत बर्षको कमाइबाट साढे ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव ४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजादै छ ।
लक्ष्मी बैंकले साधारण सभाप्रयोजनको लागि माघ १४ गते बुक क्लोज गर्ने भएकोले माघ १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकले वितरण गर्ने लाभांश पाउनेछन ।
हाल ८ अर्ब २२ करोड चुक्ता पुँजी रहेको बैंकको बोनश वितरणपछि चुक्ता पुँजी ८ अर्ब ९२ करोड रुपैयाँ पुग्नेछ ।
उसले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १४ रुपैयाँ कायम गरेको छ ।