लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन भएको लक्ष्मी भ्यालु फण्ड चैत ११ गतेदेखि परिपक्व हुने हुँदा त्यसपछि कारोबार बन्द हुने भएको छ ।

म्युचुअल फण्ड नियमावली २०६७ को व्यवस्थाअनुसार योजनाको निर्धारित समायावधि समाप्तिपछि योजना खारेजमा जानुपर्ने तथा योजनाको सम्पतिलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई स्वामित्वका आधारमा वितरण गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार योजना खारेजीमा जान लागेको हो ।

इकाईधनीहरुलाई भुक्तानी फिर्ता दिने क्रममा आवश्यकताअनुसार सार्वजनिक रुपमा सुचना प्रकाशन गरी जानकारी दिइने कोषले जनाएको छ ।

योजनालाई नेपाल धितोपत्र बोर्डले २०७१ माघ ९ गते सञ्चालन अनुमति दिएको थियो । योजनाको व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here