शेयर बजारमा जलबिद्युत कम्पनीहरुको शेयर बिक्रीमा आउने क्रम तीब्र हुँदै गर्दा फागुन २३ गते बिहीबारदेखि माउन्टेन हाईडो नेपालले १८ लाख १६ हजार कित्ता प्राथमिक शेयरमा आबेदन खालेको छ ।

माउन्टेनले आयोजना प्रभावितले समेत नकिनेको ५ लाख ६६ हजार कित्ता थपेर सर्बसाधारणमा शेयर बिक्री गर्न खोजेको हो । यसमा सर्बसाधारणले १७ लाख ३९ हजार कित्तामा आबेदन गर्न पाउँछन् ।

 

यस शेयरमा लगानीकर्ताले न्युनतम ५० कित्ता देखि ८० हजार कित्तासम्म आबेदन गर्न पाउने छन् ।

ग्रेड चार रेटिड. पाएको कम्पनीको शेयरको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलरहेको छ ।

पाँचथरको फिदिममा २१.६ मेगावाटको आयोजना निमार्ण गरेको उसको प्रति मेगावाट लागत १९ करोड ८२ लाख २७ हजार रुपैयाँ छ । आयोजनामा भएको लगानी फिर्ता हुन झण्डै ९ बर्ष लाग्ने अनुमान गरिएको छ । कम्पनीको चुक्ता पूँजी एक अर्ब २५ करोड पुग्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here