सरकारले कोरोना संक्रमण रोक्न भन्दै जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।

मनित्रपरिषदको शनिबार बसेको बैठकले जेठ २० गतेसम्म जारी रहेको लकडाउनलाई १२ दिन थपेको हो । चैत्र १० गतेदेखि जारी रहेको लकडाउनका कारण जनजीवन कष्टकर हुँदै गए पनि संक्रमण नदेखिएका क्षेत्रमा अन्य बैकल्पिक उपायसहित ब्यवसाय खोल्ने ब्यवस्था गर्नुको सट्टा लकडाउन बढाउनुले अर्थ ब्यवस्था चौपट्ट हुने देखिएको छ । लगातारको लकडाउनले राजधानी काठमाडौ र अन्य शहरी क्षेत्रमा रहेका निम्न र मध्यम बर्ग बढी समस्यामा परेका छन् ।

सरकारले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

लाखौं नेपालीहरु भारत र खाडीका देशमा अलपत्र परेकोमा उद्धार प्रयास थाल्ने निर्णय पनिन सरकारले गरेको छ । उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने सरकारले भनेको छ । नेपाल फर्किनेहरु काठमाडौंमा १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र जिल्ला जान पाउने छन् ।

देशमा एकातिर कोरोना संक्रमण बढेर मृत्यु संख्या सात पुगेको छ भने संक्रमितको संख्या एक हजार चार सय नाघेको छ । यस्तो बेलामा संक्रमण नफैलिएका क्षेत्रमा बाहिरी आवागमन बन्द गरी भित्री ब्ब्यवसाय संचालन गर्न छुट दिनुपर्ने र संक्रमण देखिएका क्षेत्रमा अरु कडाई गर्नुपर्नेमा सरकारले सबै क्षेत्रमा उही प्रकारको लकडाउन जारी राखेर ब्यवसाय संचालनमा ब्यवधान गरिरहने हो भने खान नपाएर निम्न तथा बर्गीय नेपालीहरु भोकभोकै मर्ने अबस्था आउनसक्छ ।  अहिलेसम्म जेनतेन खाने खर्च र कोठा भाडा तिरेका निम्न तथा मध्यमबर्ग अब भने कुनै पनि हालतमा थेग्न नसक्ने अवस्थामा पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here