सेयर बजारका लगानीकर्ताका नेताहरुले पुर्वाधार र आधुनिक प्रविधि तत्काल ल्याउन सरकारसँग माग गर्ेका छन् ।

बुधवार भुकृटीमण्डपमा सुरु भएको पूँजी बजार प्रदर्शनीमा बोल्दै तीन वटा लगानीकर्ता संघका अध्यक्षहरुले सेयर बजारलाई पुर्वाधार र प्रविधि मैत्री बनाई स्थिर खालको नीतिगत ब्यवस्था गर्न माग गरेका हुन् ।

नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले पुर्वाधार र प्रबिधिको अभाव एकातिर र सरकारको नीतिगत अस्थिरता अर्कोतिर रहेकाले पूँजी बजारमा समस्याहरु आउने गरेको आरोप लगाए ।

पौडेलले ५०, ६० हजार कित्ता सेयर बिक्री गर्ने कम्पनीलाई सेयर बजारमा आउँन दिने र नीतिगत स्थिरता कायम नगर्ने सरकारी निकायहरुको गतिविधिले नै सेयर बजारलाई धेरै अस्थिर बनाएको आरोप लगाए । उनले तत्काल अनलाईन कारोबार प्रणाली ल्याउन र बाणिज्य बैंकहरुलाई पूँजी बजार विस्तारको माध्यम बनाउँन पनि माग गरे ।

उनले सेयर धितो कर्जालाई सबैभन्दा धेरै औसत जोखिम भार बर्गमा राखेर बैंकको तरलता धेरै भएको बेलामा मात्र लगानीकर्ताले कर्जा पाउने खालको ब्यवहार गर्नु पूँजी बजार बिरोधी कुरा भएको बताए ।

नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष नबराज सुबेदीले बाणिज्य बैंकलाई तत्काल ब्रोकर लाईसेन्स दिन र पूर्ण अनलाईन कारोबार प्रणाली कार्यान्वयनमा ल्याउन माग गरे ।

सुबेदीले सिमित संख्याका दलालहरुलाई राजधानीमा मात्र केन्द्रित गरेर पूँजी बजारको बिकास हुँदैन भन्दै पूर्ण अनलाईन कारोबार प्रणाली जेठ १८ गते यता नै कार्यान्वयनमा ल्याईनुपर्छ भने ।

उनले सरकारले गर्नुपर्ने काम नगर्ने र बजारको घटबढ्मा लगानीकर्तालाई मात्र दोषी देख्न्े प्रबृत्ति अमान्य भएको स्पष्ट पारे ।

सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बजारको घटबढ्लाई आफुहरुले सामान्य रुपमा लिएको र घाटा नाफा आफुहरुले नै ब्यहोर्दै आएको जनाउँदै त्यसमा बढी चिन्ता नलिन सरकारी अधिकारीहरुलाई आग्रह गरे ।

उनले भने बजारमा घटबढ् हुन्छ- त्यो स्वभाविक हो तर सरकारले पूर्ण अनलाईन कारोबार प्रणाली जस्ता पुर्वाधारहरु ल्याएर बजारलाई ब्यवस्थित गरोस ।

अर्यालले सरकारी निकायहरुको आलोचना गर्दै अगाडि भने – सेयर बजालाई आर्थिक बृद्धि कायम गर्न पूँजी संकलनको माध्यम पनि भन्ने र पुर्वाधार र प्रविधि ल्याउन पनि नचाहने बिरोधाभाषपूर्ण गतिविधि अब अन्त्य होस्, बजारको आवश्यकता तत्काल पुरा गरियोस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here