शेयर बजार खोल्नु अघि ब्रोकर कमिशन नघटेकोमा लगानीकर्ताहरुले तीब्र आक्रोश ब्यक्त गर्दै त्यसो हुनुमा लगानीकर्ताका नेताहरु समेत ब्रोकरसँग विकेको हुनसक्ने आरोप लगाएका छन् ।
शेयर बजारमा लगानी गरी सामाजिक संजालमा सक्रिय रहँदै आएकाहरुले लगानीकर्ताको नाममा खुलेका संघ संस्थाका नेतृत्वमाथि ब्रोकरको प्रभावमा परेको भन्दै आक्रोश पोखेका छन् ।
ब्रोकर र लगानीकर्ताबीचको सम्बन्ध सुमधुर बनाउने प्रयास असफल
बजार खुल्नु अगाडि ब्रोकर कमिशन घट्ने आशा लगानकिर्ताहरुको थियो तर खास गरी शेयर दलालहरु त्यसको विरुद्धमा उभिएपछि धितोपत्र बोर्डले कुनै निर्णय गर्न सकेन । असार १२ गते बोर्डमा भएको लगानीकर्ताका संघसंस्थाको बैठकमा एक लगानीकर्ताका नेताले बजार खुल्नु अगाडि कमिशन दर ०.६ प्रतिशतबाट घटाएर साना र ठूला सबैलाई एकै दर अर्थात ०.४ प्रतिशत कायम गर्नुपर्ने आवाज उठाएका थिए । ब्रोकरहरु त्यसो गर्न नमानेमा कमिशन दर ०.२० प्रतिशत वा सो भन्दा तल झार्नु पर्ने गरी आफुहरु अडानमा कायमै रहने जानकारी दिईएको थियो ।
शेयर लगानीकर्ता दबाब समूहले आफ्नो २५ बुँदे मागको ४ नम्बरमा ब्रोकर कमिशन ०.२० को एउटै दर कायम गर्नुपर्ने भने पनि अन्य लगानीकर्ता संघहरुले प्रस्तुत गरेको २० बुँदे मागमा ब्रोकर कमिशन घटाउने कुरा स्पष्टसँग नराखिएकाले पनि शंका गर्नेहरुलाई ठाउँ मिलेको छ ।
हेर्नुहोस् नेपाल ईन्भेष्र्स फोरम लगायतका संस्थाहरुको माग पत्र
लगानीकर्ता संघहरुले झन् उल्टै दिए पूँजी बजार विरोधी सुझावहरु
धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाउने बारेमा अध्ययन जारी रहेको भन्दै टार्न खोजेपछि त्यसले पनि लगानीकर्ताको आक्रोश बढाएको पाईएको छ ।
ब्रोकर कमिशन तत्काल घटाउने पहल नभए ब्रोकर र लगानीकर्ताबीचको फटो बढ्दै जाने र नियमनकारी निकाय समेतलाई मुछेर अनेक हल्ला हुने संभावना बढेको छ ।
नेपालमा हाल कायम ब्रोकर कमिशन दर दक्षिण एशियामै महंगो भएको दावी गरिदै आएको छ ।