शेयर लगानीकर्ताले गत सोमबार यता एक सातासम्म कारोबारबाट बंचित हुनु परेको ब्यापक गुनासो गरेपछि नेप्सेले अनलाईन कारोबार प्रणालीमा उत्पन्न समस्याको जिम्मेवारी शेयर ब्रोकरमाथि फालेको छ ।

कयाौं लगानीकर्ताले असार १५ गतेदेखि नै कारोबार प्रणालीमा पहुँच कायम गर्न नसकेर समस्या भोगेको गुनासो गर्दै आएकोमा नेप्सेले बल्ल असार २१ गते समस्या समाधानको जिम्मेबारी ब्रोकरको भएको भन्दै १० बुँदे जानकारी पत्र लगानीकर्तालाई जारी गरेको हो ।

कयौं लगानीकर्ताले अनलाईनको युजरआईडी र पासवर्डबाट आफ्नो खातामा पहुँच कायम गर्नै नसक्ने, कतिपयको शेयर खातामा हुँदाहुँदै पनि बिक्री आदेश प्रबिष्ट नहुने, कसैको लिमिट लिए पनि खरिद आदेश प्रबिष्ट नहुने, कसैको सही विवरण नदेखाउने, नेप्सेको वेवसाईट र कारोबार प्रणालीमा फरक विवरण प्रवाह हुने, आदेश रद्द गर्न नसकिने जस्ता समस्याहरु भोगिरहेका छन् ।

नेप्सेले सबै समस्या ब्रोकरले कारोबार ब्यवस्थापन प्रणाली टीएमएस र डाटा सेन्टरबाट उत्पन्न भएको दावी गरे पनि नेप्सेकै वेवसाईटमा कारोबार विवरण नदेखिने, गलत विवरण देखिने कुराको भने जवाफदेहिताबहन गरेको छैन ।

नेप्सेले लगानीकर्तालाई भनेका कुराहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here