लमजुड. । लमजुङ जिल्लाको दोर्दी गाँउपालिकामा १२ मेगावाट क्षमताको दोर्दी खोला जलविघुुत आयोजना निमार्ण कार्य सुरु भएको छ । सीईडीबी हाईड्रो फण्डको सहायक कम्पनीले २०७७ सालको असारमा आयोजनाको निमार्ण सम्पन्न गर्ने लक्ष्य साथ काम थालेको हो । ्

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आयोजना निर्माण गर्न बिद्युत खरीद विक्री सम्झौता, बिस्तृत डिजाइन, वाताबरणीय अध्ययन पुरा गरी आयोजनालाई निर्माणको चरणमा लगेको जनाएको छ ।

आयोजना सम्पन्न गर्न दुई अर्ब २९ करोड लाग्ने अनुमान गरिएकोमा सानिमा बैंकको नेतृत्वमा लक्ष्मी बैंक,कृषि विकास बैंक, कैलाश विकास बैंक लगायतले ७० प्रतिशत रकम लगानी गर्नेछन् भने बाँकी संस्थापकहरुको लगानी रहने छ । आयोजनाको लगानी जुटाउन कम्पनीले बार्षिक ७.५ प्रतिबद्धता शुल्कसहितको अग्राधिकार सेयर पनि बेचिरहेको छ ।

अग्राधिकार शेयर २०७७ असार मसान्त भित्र प्रतिबद्धता स्वत संस्थापक शेयरमा परिवर्तन हुने कम्पनीले जनाएको छ ।

निर्माण सम्पन्न हुनु पुर्व ब्याजको रुपमा प्रतिवर्ष ७।५ प्रतिशत लगानीकर्ताहरुलाई कम्पनीले प्रतिफल प्रदान गरिने कम्पनीको दाबी छ । कम्पनीले देशविदेशबाट लगानीकर्ता खोजिरहेको छ । केही महिना अगाडि कम्पनीले कोरियाको प्रमुख सहरबाट समेत अग्राधिकार सेयरका लागि आवेदन संकलन गरेको थियो ।

सिईडिबी हाइड्रोले लमजुङ जिल्लामा ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना तोकिएको समय अगावै सम्पन्न गरेको थियो भने दोलखामा ११ मेघावाटको तल्लो खारे खोलाको निर्माण गरिरहेको छ । त्यसको पनि २०७६ सालभित्रै साधारण सेयर निश्काशन गर्ने तयारीमा कम्पनी लागेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here