सरकारी स्वामित्व धेरै रहेको कृषि बिकास बैंकले लाभांश वितरण गर्न शेयरधनीहरुलाई बाह्रौं वार्षिक साधारण सभा आब्हान गरेको छ ।

बैंकको बिहिबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चैत १५ गते बैंकको केन्द्रीय तालिम केन्द्र बोडे भक्त्तपुरमा बाह्रौ साधारणसभाको लागि बोलाउने निर्णय गरेको हो ।

साधारण सभामा बैंकले गत बर्षको कमाइबाट शेयरधनीहरुलाई करसहित १५ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर वित्ररण गर्ने प्रस्ताव लैजादै छ ।त्यस्तै बैंकले सरकारको अपरिवर्तनीय अग्राधिकार शेयरलाई ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजादैछ ।

हाल १३ अर्ब ९३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा १४ अर्ब ६९ करोड रुपैयाँ राखेको छ । बैंकले गत बर्ष ३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा कमाएर प्रति शेयर आम्दानी ३९ रुपैयाँ कायम गरेको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले १ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २० रुपैयाँ ३७ पैसा र प्रतिशेयर नेटवर्थ २६७ रुपैयाँ २१ पैसा कायम गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here