लाभांश वितरणका लागि साधारणसभा गर्न बाँकी रहेका बाणिज्य बैंकहरुको शेयर कारोबार बजारमा धेरै भएको छ ।

पुस २ गते बुधबारको शेयर बजारमा लाभांश वितरणका लागि साधारणसभा गर्न बाँकी रहेको एनएमबी बैंक, नेपाल बैंक र नबिल बैंककै शेयर कारोबार रकम धेरै देखिएको हो ।

एनएमबी र नबिल बैंकले लाभांश र साधारणसभा प्रयोजनका लागि शेयरधनी किताब बन्दको सूचना जारी गरिसकेकाले ती बैंकका कतिपय शेयरधनीले लाभांश अघिको बढेको मूल्यमा शेयर बिक्री गरेका छन् भने कतिपयले लाभांश अघि शेयर खरिद गर्दा फाईदा हुने देखेर किनेका हुनसक्छन् । त्यस्तै नेपाल बैंकले पनि पुसको अन्तिम साता साधारणसभा गर्ने तयारीका साथ सूचना निकाल्ने क्रममा छ ।

बिशाल बजार कम्पनी, नेपाल फाईनान्स र दिश्यश्वरी हाईड्रोको शेयर मूल्य धेरै बढेको छ ।

बुधबार बजारमा सामान्य किनबेच भएकोमा कारोबार रकम अघिल्लो दिन भन्दा २ करोड बढेर २९ करोड पुगेको छ । कम्पनीहरुको शेयरको मूल्यमा सामान्य गिरावटको अबस्था देखिएको छ र सूचक ३.३० अंकले घटेर १५५२.०७ विन्दुमा रोकिएको छ । समग्र बजार पूँजीकरण १४ खर्ब ६३ अर्ब कायम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here