लमजुङमा २५ मेगावाटको आयोजना बनाईरहेको लिबर्टी हाईड्रोले १५ लाख कित्ता प्राथमिक शेयर बिक्रीका लागि सूचना प्रकाशित गरेको छ ।

कम्पनीले आयोजनाको अति प्रभावित क्षेत्र लमजुङ्ग जिल्लाको दोर्दी गाँउपालिकाको वडा नं. ६ र ७ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा स्थानियलाई छुट्याएको मध्ये ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता त्यसैगरी प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका बाँकी वडा र वेशीशहर नगरपालिकाको वडा नं. ११ मा स्थानियलाई छुट्याएको मध्ये ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता र अत्यमा सो बाहेकका लमजुङ्ग जिल्लाका सम्पूर्ण बासिन्दाहरुका लागि बाँकी ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता गरि कुल १५ लाख कित्ता निष्काशन गर्न लागेको हाो ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले औषत भन्दा कमजोर अवस्था जनाउने इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ।

प्रतिकित्ता १०० अंकित दरका सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा चैत ११ गते बन्द हुनेछ भने ढिलोमा चैत २६ गते हुनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

विद्युत उत्पादन अनुमतिपत्र बहाल रहने अवधि ३० वर्ष रहेको कम्पनीको निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट लागत १८ करोड ५४ लाख ४३ हजार ८३७ रुपैयाँ रहेको छ। त्यसैगरी, कम्पनीको कुल अनुमानित लागत ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार ९२१ रुपैयाँ ७२ पैसा रहेको छ। कम्पनीको लगानी फिर्ता हुने अवधि ८.२० वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.७७ वर्ष रहेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here