लुम्बिनी जनरल इन्स्युरेन्सले आफ्ना शेयरधनीलाई १०.२३७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

इन्स्युरेन्सको हिजो माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई ९.७५ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनको निमित्त ०.४८७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश बिमा समिति र साधारणसभाबाट पारित गरेपश्चात शेयरधनीको खातामा पठाइने छ ।

बोनस वितरण पश्चात कम्पनीको चुक्ता पुँजी ९६ करोड ५८ लाख पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here