लुम्बिनी बिकाश बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफामा सामान्य सुधार गरेतापनि प्रतिशेयर आम्दानी घटेको छ ।
बैंकले गत आर्थिक बर्षको तुलनामा खुद नाफा १७ लाख ५४ हजारले मात्र बढाउन सफल भएको छ । गत आर्थिक बर्षमा २५ करोड ३ लाख खुद नाफा कमाएको बैंकले चालु आर्थिक बर्षमा २५ करोड २१ लाख कमाएको छ ।
खुद व्याज आम्दानी बढेतापनि अन्य नाफा कमाउन नसकेपछि बैंकको खुद नाफामा सामान्य बृद्धि भएको हो ।
बैंकको प्रतिशेयर आम्दानी भने गत बर्षको तुलनामा ४ रुपैयाँ ४५ पैसाले घटेको छ । गत बर्ष २३ रुपैयाँ २ पैसा रहेको प्रतिशेयर आम्दानी चालु आर्थिक बर्षमा १८ रुपैयाँ ५७ पैसामा सिमित हुन पुगेको छ ।
बैंकले दोस्रो त्रैमाससम्ममा २३ अर्ब ६३ करोड निक्षेप संकलन गरि २३ अर्ब १० करोड कर्जा प्रबाह गरेको छ । ५८ करोड ४८ लाख खुद व्याज आम्दानी गरेको छ भने सञ्चालन आम्दानी ३६ करोड १६ लाख रहेको छ ।
पुस मसान्तसम्ममा बैंकको चुक्ता पूँजी २ अर्ब ७१ करोड रहेको र जगेडा कोषमा १ अर्ब १९ करोड रहेको छ ।
बैंकको शेयरधनी कोषमा १७ करोड ७८ लाख रुपैयाँ र शेयर प्रिमियममा ७६ हजार रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १७ करोड ३२ लाख रुपैयाँ रहेको छ ।

गत आर्थिक बर्षमा २.३१ प्रतिशत रहेको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १.९६ प्रतिशतमा झार्न सफल यस बैंकको प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ६५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९.९१ गुणा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here