लुम्बिनी विकास बैंक लिमिटेडले पुस २९ गते १२ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको साधारणसभा अमृतभोग, कालिकास्थानमा बिहानको ११ बजे शुरु हुने छ ।

लुम्बिनी विकास बैंकले शेयरधनीलाई दिने लाभांश बढाउँदै चालु आर्थिक वर्षमा थप ३ प्रतिशत लाभांश बढाउँदै २० प्रतिशतमा पुर्‍याएको   छ ।
लुम्बिनी विकास बैंकले गत वर्षको नाफाबाट २० प्रतिशत लाभांश घोषणा गरेको छ ।
बैंकले ५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश शेयरधनीलाई दिने भएको छ । बैंकले गत वर्ष १७.७ प्रतिशत लाभांश दिएको थियो ।

बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंक र साधारण सभाबाट स्वीकृत भएपछि शेयरधनीले पाउने छन्् ।
बैंकले पुस २३ गतेदेखि २९गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

बोनस शेयर वित।ण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ७१ करोड भन्दा माथि पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here