डिजिटल वालेट आइएमई पे र लुम्बिनी विकास बैंकबीच बैंकिङ साझेदारीसम्बन्धी सहकार्य भएको छ । यी दुई कम्पनीवीचको सहमति अनुसार लुम्बिनी विकास बैंक आइएमई पेको बैंकिङ साझेदार संस्था हुनेछ ।

सहकार्यसँगै लुम्बिनी विकास बैंकका खातावाहक गा्रहकले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पेमार्फत विभिन्न सेवाको भुक्तानी गर्न सक्ने बताएको छ ।

आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक आइएमईपे नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली –२०७२ बमोजिम सञ्चालित संस्था हो । आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्रप्त गरेको छ ।

आइएमई डिजिटलले आइएमई पे ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैँले अथवा एजेन्टहरुको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here