लोकसेवा आयोगले ३० वर्ष सेवा अवधि पुगेका कर्मचारी अवकाश हुने हालको व्यवस्था हटाउन अश्वीकार गरेपछि गभर्नर डा. चिरन्जिवि नेपाल र उनी निकटका कर्मचारीहरुलाई आपत् पर्ने भएको छ ।

सेवा अवधि हटाउने कार्यको बिरोधमा उत्रिएका राष्ट्र बैंकका कर्मचारीहरुलाई भने लोक सेवाको निर्णयले राहत मिलेको छ ।

गभर्नर नेपाल र उनी निकटका कर्मचारीहरुको दबाबमा राष्ट्र बैंकले कर्मचारी विनियमावली संशोधन गर्दै कर्मचारीको ३० बर्षे सेवा अवधि हटाउने र ५८ बर्षको उमेर हद मात्र कायम राख्ने प्रावधानको ब्यवस्था गरेको थियो । तर लोकसेवा आयोगले ३० बर्षे सेवा अवधि हटाउन अश्वीकार गरेको छ ।

सरकारले ल्याउने संघीय निजामती सेवासम्बन्धी कानुन अघि अब राष्ट्र बैंकको कर्मचारी अवकाश ब्यवस्थामा परिवर्तन नहुने भएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here