शेयर बजारमा लगानी गरेर कमाउँन चाहनेहरुका लागि कम्पनीहरुले बिक्रीमा ल्याउने प्राथमिक शेयरमा धेरै आकर्षण देखापर्छ । पहिले मध्यरातदेखि लामबद्ध भएर फारम भर्नेहरु अहिले घरैमा बसेर कम्प्युटरको सहायताले आबेदन गर्न पाउँदा निकै सहज महसुस गर्न थालेका छन् । तिनै लगानीकर्तालाई खुशीको खबरसहित चार वटा कम्पनीहरुले दुई अर्ब ४२ करोड रुपैयाँ बराबरको प्राथमिक शेयरको बिक्री खोल्नै लागेका छन् ।

धितोपत्र बोर्डले बुक बिल्डिङ प्रणाली लागू गरे पनि यी चार वटा कम्पनीहरुको शेयरमा प्रतिकित्ता एकसय रुपैयाँकै दरमा आवेदन गर्न पाउनु अवसरकै कुरा हो ।

लगानीकर्ताको लागि नेपाल पुनर्बिमा कम्पनीले यस्तो अबसर पनि दिएको छ कि चार लाख जनाले आबेदन दिएको खण्डमा प्रत्येकको हातमा ४० कित्तासम्म शेयर पर्नसक्ने संभावना छ ।

अरु तीन वटा कम्पनीहरु हाईड्रोसँग स्म्बन्धित भएकाले लगानीकर्ताको कम रुची देखिनसक्छ ।

धितोपत्र बोर्डबाट अनुमति पाईसकेका यी कम्पनीहरुले एकसाथ शेयर बिक्री खोलेमा लगानीकर्ताहरुलाई पैसा जुटाउँन र आबेदन गर्न भ्याई नभ्याई हुनसक्छ ।

बैंक तथा बित्तीय संस्थामा आश्वा सेवाका लागि सीआरएन प्राप्त गर्ने र सी आश्वा र मेरो शेयर सुविधा लिई आफैले आवेदन गर्नेहरुको गतिविधि पनि तीब्र हुनजान्छ ।

यी चारवटा कम्पनीहरुले शेयर बिक्री नसक्दानसक्दै अजोड ईन्स्योरेन्स लगायतका कम्पनीहरुले पनि शेयर बिक्री खोल्ने संभावना छ ।

नयाँ बीमा कम्पनीहरुको साढे आठ अर्ब र नेपाल पुर्वाधार बिकास बैंकको आठ अर्ब गरी अझै कम्तिमा १६ अर्बको आईपीओ यसै बर्ष आउने छ । धितोपत्र बोर्डमा आबेदन दिएका मध्य भोटेकोशी लगायतका हाईड्रो कम्पनीहरु त छदैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here