लघुवित्त कम्पनीहरुको गत चौथो त्रैमासको बित्तीय विवरण प्रकाशनको क्रम चलिरहँदा नवलपरासीको गैडाकोटमा मुख्य कार्यालय रहेको विजय लघुवित्तले भने मार खाएको विवरण सार्वजनिक गरेको छ ।

उसको निस्क्रिय कर्जा अघिल्लो आर्थिक बर्षको चौथो त्रैमास भन्दा बढेर १.६८ प्रतिशत पुगेको छ भने कर्मचारी र संचालन खर्चमा भएको बृद्धि र कर्जा जोखिम कोषमा रकम थप्नु पर्दाको भार थाम्न नसकी खुद नाफामा घटोत्तरीको सामना गर्नु परेको छ ।

उसको ब्याज आम्दानी र संचालन नाफामा सामान्य बृद्धिले बढ्दो खर्चको भार थेग्न नसक्दा खुद नाफामा आएको गिरावटले प्रति शेयर आम्दानी १९ रुपैयाँ ७४ पैसाबाट १४ रुपैयाँ ७८ पैसामा झरेको छ जब कि चुक्ता पूँजी १७ करोडबाट बढेको छैन ।

ब्यवसाय बिस्तारको हिसाबले हेर्दा विजय लघुवित्तले निक्षेप १५ करोडबाट ३० करोड र कर्जा ८७ करोडबाट एक अर्ब ४८ करोड पुर्याएको छ । यस मानेमा उसको प्रगति भएको मान्नुपर्छ तर ब्याज खर्च अत्यधिक भएर कोषको लागत बढ्न जाँदा मार खाएको देखिन्छ ।

प्रति शेयर नेटवर्थ १२४ रुपैयाँ रहेको विजय लघुवित्तको प्रति कित्ता शेयर ७२७ मा दोस्रो बजारमा किनबेच भईरहेको अबस्थामा मूल्य आम्दानी अनुपात ५० गुणा हाराहारीमा हुन आउँछ । यसले उसको शेयर महंगो रहेको देखाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here