बरुण हाईड्रोले आफ्नो दास्रो त्रैमासको वित्तीय विवरण सार्वंजनिक गरेको छ ।


विवरण अनुसार संस्थाको विद्युत बिक्रि बढेपछि नाफा पनि बढेको छ । गत आ.व.को दोस्रो त्रैमासको अन्त्यमा विद्युत बिक्रिबाट १ करोड ८२ लाख २३ हजार रुपैयाँ आम्दानी गरेकोमा यस बर्ष २ करोड १४ लाख ३० हजार रुपैयाँ गरेको छ ।

गत आ.व.को दोस्रो त्रैमासको अन्त्यमा ३७ लाख ४२ हजार रुपैयाँ खुद नाफा गरेकोमा यस बर्ष ७९.७१ प्रतिशतले बढाएर ६७ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

कम्पनीको २५ करोड ५१ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ भने ३ करोड २४ लाख ११ हजार रुपैयाँ जगेडा कोषमा राखेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १२.७० रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ११२.७० रुपैयाँ रहेको छ । पीई रेसियो ७.०१ प्रतिशत रहेको छ भने तरलता अनुपात ३.०७ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here