विना धितो वा अन्य कुनै ग्यारेण्टी १५ लाख सम्म पर्शनल लोन प्रदान गर्न सक्ने अनुमति पाएका विकास बैंक र फाइनान्स कम्पनीले एक लाख कारोबार सिमाको क्रेडिट कार्ड भने जारी गर्न पाउने छैन ।

यि संस्थाले आफ्ना ग्राहकलाई क्रेडिट कार्डको सुविधा लिन भने अन्य संस्थमा जानु भन्ने अवस्था सिर्जना भएको छ । यस्ता कम्पनीलाई क्रेडिट कार्ड वितरणमा किन रोक लगाइयो भन्ने कुरा भने चासोको विषय रहेको छ। यसअघि सरकारी कारेबार गर्नबाट समेत यि संस्थालाई बञ्चित गराइएको थियो ।

तथापि, अन्तराष्ट्रिय स्तरमा चल्ने अन्य विद्युतीय कार्ड (डेभिड कार्ड, प्रिपेड कार्ड) भने जारी गर्न सक्नेछन् । राष्ट्र बैंकको यस्तो व्यवस्थाले यि वित्तिय संस्थालाई खासै असर भने पारेको छैन ।

नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त ‘क’ वर्गका बैंकले क्रेडिट कार्ड, डेबिट कार्ड, प्रिपेड कार्ड लगायतका विद्युतीय भुक्तानी कार्ड जारी गर्न सक्नेछन् भने ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले क्रेडिट कार्ड बाहेकका अन्य विद्युतीय भुक्तानी कार्ड मात्र जारी गर्न सक्ने व्यवस्था गरिएको छ ।

बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानी सेवा प्रदायकको अनुमतिपत्रप्राप्त संस्थाले स्वदेशी मुद्रामा मात्र प्रिपेड कार्ड जारी गर्न सक्ने निर्देशनमा उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here