बोमी लघुवित्तको लाभांश दरमा संशोधन भएको छ ।

वोमी लघुवित्तको पुस २० गते सम्पन्न संचालक समितिको बैठकले सेयरधनीहरुलाई २५ करोड २५ लाख ७६ हजार चुक्तापूँजीको २० प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।


लाभांशको यो प्रस्तावसहित नेपाल राष्ट्रबैंकमा वित्तीय विवरण स्वीकृतार्थ पेश भएकोमा २०७६ असार मसान्तसम्म कायम भएको चुक्तापूँजी १० करोड १० लाख ८८ हजारमा आधारित भई खूद नाफाबाट ग्राहक संरक्षणकोषमा रकम छुट्याई वार्षिक विवरण प्रकाशन गर्न निर्देशनसहित आर्थिक वर्ष २०७५/७६ को वार्षिक वित्तीय विवरण प्रकाशित गर्ने सहमतिपत्र प्रदान गरेपछि घोषित लाभांश दरमा संसोधन भएको हो ।

यस वित्तीय संस्थाले यसअघि हाल कायम चुक्ता पूँजीमा हकप्रद सेयरबाट थप भएको सेयर पूँजी तथा साविक नागरिक लघुवित्त वित्तीय संस्था मर्जर भएपछि थप हुन आएको सेयर पूँजी समेत आधारित भई बाँडफाँड गर्ने भनिएको लाभांश रकम नेपाल राष्टबैंकको सो निर्देशन बमोजिम छुट्याउँदा अपुग हुन जाने हुँदा आर्थिक वर्ष २०७५/७६ को खूद मुनाफाबाट २०७६ असार मसान्तसम्म कायम चुक्तापूँजी १० करोड १० लाख ८८ हजारको २५ प्रतिशतका दरले बोनस शेयर तथा १.३१६ प्रतिशतका दरले नगद लाभांश (बोनस सेयरको कर प्रयोजनका लागि) वितरणको निर्णय गरिएको बताइएको छ ।

यो निर्णयपछि अब वोमी माइक्रोफाइनान्सले २०७६ असार मसान्तको चुक्तापूँजीको आधारमा ग्राहक संरक्षणकोषमा रकम छुट्याई हाल कायम चुक्ता पूँजी रु. २५ करोड २५ लाख ७६ हजारको आधारमा लाभांश सेयरधनीहरुलाई वितरण गर्नेछ ।

 

वोमी लघुवित्त वित्तीय संस्थाले आठौं बार्षिक साधारणसभा आगामि चैत १६ गते आव्हान गरेको छ । साधारणसभा जुगल होटलको सभाहल, धुलिखेलमा ११ बजे शुरु हुनेछ ।

उक्त साधारणसभाले गत आ.व.मा कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनको लागि १.३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारणसभा प्रयोजनार्थ संस्थाले आगामि फागुन ३० गतेदेखि चैत १६ गतेसम्म बुक क्लोज गर्नेछ तसर्थ फागुन २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सो लाभांशमा हक दावी गर्न पाँउनेछन् ।


यसका साथै संस्थाले उक्त साधारणसभाबाट संस्थालाई अन्य संस्थासँग गाभ्ने/गाभिने वा प्राप्ति गर्नेसँग सम्बन्धित सम्पुर्ण कार्य गर्ने अख्तियार पनि सञ्चालक समितिलाई प्रदान गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here