वोमी माइक्रोफाइनान्सको २५ प्रतिशत  बोनस सेयर समायोजन पश्चातको कारोबार रद्द भएको छ । नेप्सेका अनुसार मुल्य समायोजन पश्चात आईतबार र सोमबार भएका सम्पुर्ण कारोबार रद्द भएका हुन् ।

वोमीको १० प्रतिशत बोनस शेयर वापत मूल्य समायोजन हुनुपर्नेमा २५ प्रतिशत बोनसको गलत आँकडालाई आधार मानी नेप्सेले गत शुक्रबार मूल्य समायोजन गरेको थियो ।

वोमीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत का दरले बोनस सेयर दिने प्रस्ताव गरेको छ । यसर्थ, यस पुँजीका आधारमा १० प्रतिशत बोनस सेयरको मात्र मूल्य समायोजन हुनुपर्ने थियो ।

नेप्सेले गडबढी गरेको भन्दै व्यापक विरोध भएपछि सोमबार समायोजन भएपछिका कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

शुक्रबार बोनस सेयर समायोजन भएपश्चात आइतबार र सोमबार पनि यसको कारोबार भएको थियो । तर अब समायोजनपछि भएका सबै कारोबार रद्द  भएको छ । मंगलबार नयाँ समायोजित भाउ तयार गरेर कारोबार खुला गरिने नेप्सेले जनाएको छ ।

यो पनि पढ्नुहोस् ।

वोमी लघुवित्तको बोनस शेयरमा मूल्य समायोजनको छलछाम !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here