वोमी माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन गर्दा छलछाम भएको आरोप लगानीकर्ताले लगाएका छन् ।

वोमीले प्रस्ताब गरेको २५ प्रतिशत बोनस वापत मूल्य समायोजन भई ८५६ रुपैयाँ कायम भएको सूचना नेप्सेले जारी गरेको छ तर वास्तवमा बोनस शेयर २५ प्रतिशत नभई १० प्रतिशत हो । गत बिहीबार वोमीको शेयर मूल्य १०७० रुपैयाँ कायम भएको थियो ।

वोमीले पहिले २० प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश प्रस्ताब गरेकोमा पछि राष्ट्र बैंकबाट आएको निर्देशन अनुसार भन्दै सच्याएर २५ प्रतिशत बोनस कायम गरेको थियो ।

वोमीले हाल कायम चुक्ता पूँजीमा हकप्रद सेयरबाट थप भएको सेयर पूँजी तथा साविक नागरिक लघुवित्त वित्तीय संस्था मर्जर भएपछि थप हुन आएको सेयर पूँजी समेत आधारित भई बाँडफाँड गर्ने भनिएको लाभांश रकम नेपाल राष्टबैंकको निर्देशन बमोजिम छुट्याउँदा अपुग हुन जाने हुँदा आर्थिक वर्ष २०७५ ०७६ को खूद मुनाफाबाट २०७६ असार मसान्तसम्म कायम चुक्तापूँजी १० करोड १० लाख ८८ हजारको २५ प्रतिशतका दरले बोनस शेयर तथा १.३१६ प्रतिशतका दरले १३ लाख ३० हजार रुपैयाँ बराबरको नगद लाभांश (बोनस सेयरको कर प्रयोजनका लागि) हुने गरी संशोधन गरेको थियो ।

वोमी माइक्रोफाइनान्सले हाल कायम चुक्ता पूँजी २५ करोड २५ लाख ७६ हजारको आधारमा २ करोड ५२ लाख ७२ हजार रुपैयाँको बोनस शेय वितरण गर्दा १० प्रतिशत हुन आउँदा आउँछ । यसको आधारमा २५ प्रतिशत बोनसको नभई १० प्रतिशतको मूल्य समायोजन हुनुपर्ने थियो ।

कम्पनीले जस्तो पत्र लेख्यो त्यही आधारमा नेप्सेले मूल्य समायोजन गरेको हुँदा यसमा नेप्सेको भन्दा पनि कम्पनीको दोष देखिन्छ । बोमीले लाभांश दर बढि देखाउँन गत बर्ष असार मसान्तमा आधारित रहि बढी लाभांश प्रस्ताब गरेको हुनसक्छ तर त्यो वास्तविक पूँजीमा गणना हुँदा गडबड भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here