शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
बैंकले आव २०७५/७६ को मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्नेप्रस्ताव गरेको हो। यसअनुसार बैंकले ३९ करोड ३४ लाख ३५ हजार ६१८ रुपैयाँको बोनस बाँड्नेछ। हाल बैंकको चुक्ता पुँजी रु. २ अर्ब ६२ करोड २९ लाख ४ हजार १२३ रुपैयाँ कायम रहेको छ ।
बैंकले मंसिर २६ गतेदेखि राष्ट्रियस्तरको विकास बैंकका रुपमा औपचारिक कारोबार थालेको छ।
बोनस वितरण पश्चात बैंकको चुक्ता पुँजी ३ अर्ब १ करोड ६३ लाख ३९ हजार रुपैयाँ कायम हुनेछ ।