शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने फागुन १२ गते अन्तिम दिन रहेको छ। इन्स्युरेन्सले भोली फागुन १३ गते मंगलबार हकप्रद निष्काशनका लागि बुकक्लोज गर्ने भएकाले सोमबारसम्म कायम शेयरधनीले मात्र सो हकप्रदमा हक दावी गर्न पाउनेछन्।

इन्स्युरेन्सले १०ः३ अनुपातमा ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद जारी गर्न लागेको हो। उक्त हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय आधार सुरक्षित रहेको जनाउँने ‘ग्रेड ३’ प्लस रेटिङ दिएको छ ।

१ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँको ३० प्रतिशत हकप्रद जारी पश्चात शिखर इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीको हकप्रद निष्काशक तथा बिक्रि प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ ।

इन्स्योरेन्सको दोस्रो बजारमा फागुन ११ गते आइतबार शेयरमुल्य प्रतिकित्ता १ हजार ३४७ रुपैयाँमा कारोबार भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here