शिखर इन्स्युरेन्सले निष्काशन गरेको ३० प्रतिशत हकप्रद बापतको शेयरमा शेयरमुल्य समायोजन भएको छ ।

नेप्सेले फागुन १३ गते मंगलबार उक्त ३० प्रतिशत हकप्रद शेयरमा प्रतिकित्ता १०५३ रुपैयाँ ८५ पैसा का दरले मुल्य समायोजन गरेको छ ।


कम्पनीको गत साउन २८ गते सम्पन्न चौधौं बार्षिक साधारण सभाले १ः०३ अनुपातमा चुक्ता पुँजीको ३० प्रतिशत अर्थात् ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरको थियो ।

हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले फागुन १३ गते बुक क्लोज गरेको थियो तसर्थ फागुन १२ गते सम्म कायम शेयरधनीले सो हकप्रदमा दावी गर्न पाँउनेछन् ।

कम्पनीको शेयर रजिष्ट्रार एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

दास्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको चुक्ता पँुजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रहेको छ । कम्पनीले सोही चुक्ता पँुजीको ३० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here