महंगो मूल्यमा उद्योग प्रभावित मकवानपुरबासी र सर्बसाधारणलाई प्राथमिक शेयर बिक्रीको योजनामा रहेको शिवम सिमेन्ट शेयरको मूल्य घटाउँन बाँध्य भएको छ ।

शिवम सिमेन्टको चारसय वाला आईपीओमा यस्तो पर्यो गाँठो

शिवमले मकवानपुरबासीलाई प्रतिकित्ता प्रिमियमसहित ३०० रुपैयाँ शेयरमा बेच्न खोज्दा अधिकांश शेयर बिक्री भएको थिएन भने सर्बसाधारणलाई ४०० रुपैयाँ प्रतिकित्तामा बिक्री गर्न खोजिएको शेयरको प्रत्याभुति नभएपछि उस पछि हट्न बाध्य भएको हो ।

नेपाल धितोपत्र बोर्ड स्रोतका अनुसार शिवमलाई अब प्रिमियमसहित २०० रुपैयाँमा मकवानपुरबासीलाई फेरि शेयर बिक्री गर्ने गरी शिवमले नयाँ दरमा स्वीकृति माग गरेको छ भने सर्बसाधारणलाई प्रिमियमसहित ३०० रुपैयाँमा शेयर बिक्री गर्न पाउनुपर्ने माग गरिएको छ ।

शिवमको आईपीओ प्रत्याभुतकर्ता एनआईबीएल क्यापिटलले नै फेरि प्रत्याुभुति गर्छ कि नयाँ सम्झौता हुन्छ भन्ने स्पष्ट भईसकेको छैन । एनआईबीएलले आफुनो चुक्ता पूँजीको पाँच गुणासम्म प्रत्याुभति गर्न पाउने भएकाले उसले नै फेरि प्रत्याुभति दिने

शिवमको हालको चुक्ता पूँजी चार अर्ब ४० करोड रहेकोमा गत बर्ष उसले एक अर्ब ४० करोड कमाएर प्रतिशेयर आम्दानी २९ रुपैयाँ कायम गरेको बित्तीय विवरण बोर्डका पेश गरेको जनाईएको छ । आफ्नो चुक्ता पूँजी र जगेडा कोष मध्येबाट तीन अर्ब ३६ करोड रुपैयाँ शिवम होड.सी सिमेन्ट उद्योगमा लगानी गरिएको उसले देखाएको छ । शिवमको प्रति शेयर नेटवर्थ १८७ रुपैयाँ रहेको देखाईएको छ ।

शिवमको विवरण पत्र यहाँ हेर्नुहोस्

मकवानपुरको हेटौडा उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ नम्बर क्षेत्रमा रहेको उद्योगले स्थानीयबासीलाई दिने शेयरको मूल्य महंगो भएको भन्दै निश्काशन गरेको ८ लाख ८० हजार कित्ता मध्ये ६ लाख कित्ता मात्रै बिक्री भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here